पुनःनिर्माणमा युवा संघको टोली
रुकुम, मंसिर ७
नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालको टोली जाजरकोटका भूकम्प प्रभावित स्थानहरुमा अस्थायी आवास निर्माणमा सक्रिय भएको छ ।
विभिन्न प्रदेशबाट आएका टोलीले वडा वडामा विभाजन भएर उद्दार, अस्थायी आवास निर्माणको काममा लागेको हो । राष्ट्रिय युवा संघ कैलालीका जिल्ला अध्यक्ष लक्ष्मण थापाका अनुसार युवा संघको टोली विभाजित भएर अस्थायी टहरा निर्माणमा जुटेको छ ।
टोलीले भत्किएका घरहरु पन्छाउने, अस्थायी टहरा निर्माण गरिएको अध्यक्ष थापाले बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८० १४:११
प्रतिक्रिया दिनुहोस्