Hamro Patra
संघको पहलमा सरसफाई सम्पन्न

टीकापुर, कात्तिक ८
टीकापुर उद्योग वाणिज्य संघको पहलमा आज सरसफाई कार्यक्रम सम्पन्न भएको छ । तिहारको अवसर पारेर संघले सरसफाई कार्यक्रमको आयोजना गरेको हो ।

संघका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा भएको सरसफाई कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सरसफाई अभियन्ता केपी खनालले गरेका थिए ।

Khadga Memorial And Janajagriti

सरसफाई कार्यक्रमका ब्यापारी व्यवशायी लगायत सशस्त्र प्रहरी, नेपाल प्रहरी, जेसीज, कलाकार, खेलाडी, पूर्वदुव्र्यसनी, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो । स्थानीय भानुचोकबाट सुरु भएको सरसफाई चारचौतारीहुँदै अस्पताल रोडमा पुगेर समापन भएको थियो ।

संघको आह्वानमा ब्यापारी व्यवशायीहरुले तिहारको अवसरमा विभिन्न चोक सजाएका छन । ब्यापारी व्यवशायीहरुले आफ्ना चोकमा रंगीचंगी पताका लगाउनुका साथै झिलिमिलि बत्ती समेत लगाएका छन ।

तिहारको समयमा टीकापुर बजारलाई झिलिमिलि बनाउने अभियान अन्र्तगत संघले सबै ब्यापारी व्यवशायीहरुलाई सामुहिक रुपमा आ–आफ्नो चोक सिगार्न आह्वान गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update