सवारी दुर्घटनामा १७ को ज्यान गयो
धनगढी, मंसिर १
सुदूरपश्चिममा तिहारको समयमा मात्र १७ जनाको सवारी दुर्घटनामा ज्यान गएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका अनुसार कात्तिक १२ गतदेखी ३० गतेसम्म २२ वटा सवारी दुर्घटना भएका छन ।
प्रहरीका अनुसार ती सवारी दुर्घटनामा ५४ जना घाईते भएका छन । दशैंको समयमा भने सवारी दुर्घटनामा नौ जनाको ज्यान गएको थियो भने ११ जना घाईते भएका थिए ।
दशैंको तुलनामा तिहारमा सवारी दुर्घटनामा ज्यान गुमाउने र घाईते हुनेको संख्या अत्याधिक रहेको छ । गत वर्ष दशैं र तिहारमा सवारी दुर्घटनामा आठ जनाको ज्यान गएको थियो ।
कार्यालयका अनुसार तिहारको समयमा प्रदेशभर चार हजार १२३ सवारी साधनलाई कारवाही गरिएको छ । सो अवधिमा २६ लाख ८१ हजार राजश्व संकलन भएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८० १७:११
प्रतिक्रिया दिनुहोस्