Hamro Patra
बिष्टलाई टीकापुर जेसीजको मानार्थ सदस्य

टीकापुर, असोज २८
टीकापुर जेसीजले प्रकाशबहादुर बिष्टलाई मानार्थ सदस्य प्रदान गरेको छ । उनी टीकापुर जेसीजको मानार्थ सदस्य पाउने दोस्रो व्यक्ति हुन । यसअघि स्वर्गीय नरबहादुर ठकुल्लाले मानार्थ सदस्य प्राप्त गरेका थिए ।

बिष्टलाई आज एक समारोहकाबीच मानार्थ सदस्य प्रदान गरिएको छ । टीकापुर जेसीजका संस्थापक अध्यक्ष प्रा.डा. जगतबहादुर सिँह रावलले बिष्टलाई दोसल्ला सहित मानार्थ सदस्यको प्रमाणपत्र प्रदान गरेका छन ।

Khadga Memorial And Janajagriti

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रावलले मानार्थ सदस्य प्राप्त गरेपछि पनि मानवसेवामा समर्पित रहन आग्रह गरे ।

मानार्थ सदस्य प्राप्त गर्दै बिष्टले आफूले जीवनभर टीकापुर जेसीजले प्रदान गरेको सम्मानको ऋणी रहने बताए ।

कार्यक्रममा टीकापुर जेसीजका पूर्वअध्यक्ष राजकुमार हमालले जेसीज प्रति युवापुस्ताको आकर्षण बढाउनुपर्नेमा जोड दिए । कार्यक्रम टीकापुर जेसीजका अध्यक्ष गणेश साउँदको अध्यक्षमा सम्पन्न भएको थियो भने स्वागत कार्यकारी उपाध्यक्ष पृथ्वीराज ढुंगानाले गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update