काठमाण्डौं, कात्तिक २३
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको मुद्दाको सुनुवाई मंसिर ५ गते हुने भएको छ । न्यायाधीशहरु मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दामा धेरै कानुन व्यवसायी रहेकाले मंसिर ५ का लागि पेशी तोक्ने आदेश गरेको हो प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिएका छन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना आरोपितमध्ये नेकपा एमालेका सचिव एवं पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित पुर्पक्षका लागि थुनामा रहेका छन् ।
काठमाडौं जिल्ला अदालतले थुनामा पठाएपछि त्यसविरुद्ध थुनामा रहेकाहरुले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी गरी लिखत कीर्ते गरेका पूर्व गृहमन्त्री खाँडसहित २२ जनाको मुद्दा एकमुष्ठ हेरिएको उच्च अदालत पाटनले जनाएको छ ।