काठमाण्डौं, कात्तिक २३
जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दामा दुवै पक्षलाई बहस नोट बुझाउन आदेश दिएको छ । बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले एक महिनाभित्र अर्थात मंसिर २२ गतेसम्म बहस नोट बुझाउन दुवै पक्षका वकिललाई आदेश दिएको सन्दीपका वकिल मुरारी सापकोटाले जानकारी दिएका छन ।
उनका अनुसार अर्को पेशी मंसिर २४ मा तोकिएको छ । अन्तिम सुनुवाइको लागि पेश भएको आठ महिनासम्म जिल्ला अदालतका दर्जन बढी न्यायाधीशहरूको इजलासमा परे पनि मुख्य मुद्दामा वकिलहरूको बहस सुन्ने आँट कुनैपनि वकिलले गरेका छैनन् ।
मौखिक बहस सुनेर फैसला गर्न जिल्ला अदालतका न्यायाधीशहरूले आँट गरिरहेका छैनन् । उनीहरूले यो मुद्दामा प्रमाण लाग्ने÷नलाग्ने आदेश गरेर मुद्दा पन्छाइरहेका छन् ।
न्यायाधीश घिमिरेले पनि यो मुद्दा पन्छाउने उद्देश्यले नै मौखिक बहस सुन्न छोडेर लिखित बहस माग्न सजिलो मानेको देखिन्छ । यसअघि चैत २२ गते पनि उनले यो मुद्दा पन्छाएका थिए ।