Hamro Patra
प्रहरी हिरासतमा थुनुवाको मृत्यु

धनगढी, कात्तिक २३
जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा गएराति एकजना थुनुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १६ घसिटाका ३१ बर्षीय कृष्णबहादुर सेटी रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई कुटपिटको अभियोगमा कार्तिक २० गते प्रहरीले पक्राउ गरी थुनुवा कक्षमा राखी अनुसन्धान गरिरहेको थियो । बिरामी भएपछि अस्पतालमा लगिएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नावय उपरिक्षक कुलदिप चन्दले जानकारी दिएका छन ।

CMA Staff

उनका आफन्तले कुनै दीर्घकालिन रोग नभएको भन्दै घटनाको छानविनको माग गरेका छन । उनले २२ गते थुनुवा कक्षमा रहेका कृष्णलाई कपडा समेत दिएर गएको बताएका छन ।

थुनुवा कक्षमा मृत्युको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नावय उपरिक्षक चन्दले बताए ।

तस्विर साभारः सुदूरपत्र

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update