Hamro Patra
फेरि भूकम्पको धक्का

टीकापुर, कार्तिक २०

केहीबेर अघि अपरान्ह पनि नेपालको मध्य र पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

CMA Staff

अपरान्ह ४ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो। उक्त कम्पन गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पकै परकम्प भएको बताइएको छ ।

यो परकम्पले जाजरकोट, कालिकोट, कैलाली, रुकुम पश्चिमसहितका जिल्लामा धक्का महसुस भएको छ। केही सर्वसाधारणले यो भूकम्पको धक्का काठमाडौंसहितका स्थानमा पनि हल्का महसुस भएको बताएका छन्।

कालिकोटस्थित पत्रकार विष्णु न्यौपानले घरसहितका संरचनामा कडा धक्कासहितको कम्पन भएको बताएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रले यसबारे विस्तृत विवरण दिइसकेको छैन ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update