Hamro Patra
७ करोडको लागतमा शीत भण्डार गृह निर्माण हुँदै

टीकापुर, कार्तिक २०

कैलालीको टीकापुरमा विश्व बैंक, किसान र टीकापुर नगरपालिकाको लागत साझेदारीमा शीत भण्डारण गृह (कोल्ड स्टोर) निर्माण हुने भएको छ ।

राष्ट्रिय गौरबको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन इकाईले टीकापुर नगरपालिका वडा नं. १ सव डिभिजन वन कार्यालय नजिक शीत भण्डारण गृह निर्माण गर्न लागेको हो ।

Khadga Memorial And Janajagriti

कुल ७ करोड ६ लाख रुपैयाँको लागतमा निर्माण हुने गृहका लागि ८० प्रतिशत विश्व बैंकको अनुदान छ भने ७४ लाख किसानहरुले शेयर रकम संकलन गरेका छन् । २० प्रतिशत किसानको लागत सहभागिता हुने भनिए पनि किसानबाट रकम संकलन हुन नसकेपछि टीकापुर नगरपालिकाले ६७ लाख रुपैयाँ लागत साझेदारी गर्ने भएको छ ।

किसानको सहभागितामा निर्माण हुने एक हजार मेट्रिक टन क्षमताको गृह रानी, जमरा, कुलरिया सिँचाइ प्रणाली जल उपभोक्ता संस्था मुल समितिले सञ्चालन गर्नेछ ।

गृह निर्माणका लागि टीकापुर नगर विकास समितिले उपलब्ध गराएको ८ कठ्ठा जमिन उपलब्ध गराएको थियो । तीन वर्ष अघि नै निर्माण शुरु हुनुपर्ने आयोजना किसानले रकम जुटाउन नसक्दा शुरु हुन सकेको थिएन ।

‘किसानले रकम उठाउन नसक्दा ढिलो भएको थियो’ जल उपभोक्ता मूल समितिका अध्यक्ष कुमारराज शाहीले भने ‘ढिलो भए पनि निर्माण शुरु भएको छ, अब यहाँका किसानले उत्पादन गरेका बिउबिजन, फलफूल र तरकारी स्टोर गर्न सहज हुनेछ ।’

१४ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी एएम किनारा जे.भी. ले ठेक्का लिएको गृहको एक कार्यक्रमका बीच टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले शिलान्यास गरेका छन् ।

शित भण्डारण गृहको निर्माण शुरु भएपछि यस क्षेत्रका किसानहरुले राहत हुने महशुस गरेका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update