Hamro Patra
टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपीबाट  पित्तथैलीको अप्रेसन

टीकापुर, कार्तिक २०

टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपीबाट पित्तथैलीको पत्थरीको अप्रेसन गरिएको छ । जटिल अप्रेसन मानिने पित्तथैलीको पत्थरीबाट पीडित टीकापुर नगरपालिका वडा नं. २ की ३७ वर्षीय रमिता चौधरीको अप्रेसन गरिएको छ ।

CMA Staff

टीकापुर अस्पतालमा कार्यरत जनरल सर्जन डाक्टर नवीनचन्द्र भट्ट, एनेस्थेसियोलोजिस्ट डाक्टर अनु शर्मा, एनेस्थेसिया सहायक सन्तोष जोशी लगायत स्वास्थ्यकर्मीको टोलीले टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपी प्रविधिबाट पित्तथैलीको पत्थरीको अप्रेसन गरेको हो ।

‘अस्पतालका स्वास्थ्यकर्मीहरुको टोलीले पहिलो पटक पित्तथैलीको पत्थरीको ल्याप्रोस्कोपीबाट अप्रेसन गरिएको छ’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले भने ‘जटिल अप्रेसन मानिने पित्तथैलीको अप्रेसन सफल रुपमा सम्पन्न भएको छ, अब यस्ता समस्याको नियमित अप्रेसनहरु शुरु गरिनेछ ।’

अस्पतालमा रहेको ल्याप्रोस्कोपी दुरविन प्रविधिको प्रयोग गरिएको अप्रेसन गरिएकी चौधरी आज अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनी लामो समयदेखि पत्थरीबाट पीडित हुँदै आएकी थिइन् ।

डाक्टर भट्टको नेतृत्वमा दैनिकजसो जनरल अप्रेसनहरु हुँदै आएका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update