Hamro Patra
१५ दिन नपुग्दै उप्किएको सडक पुनः कालोपत्रे हुँदै

टीकापुर, कार्तिक १९

कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा निर्माण भइरहेको नमूना ब्लक कालोपत्रे गरेको १५ दिन नपुग्दै उप्किएको सडक निर्माण कम्पनी मर्मत गर्न थालेको छ ।

Khadga Memorial And Janajagriti

निर्माण कम्पनी महालक्ष्मी/एम.के.जेभीले नमूना ब्लक अन्तर्गत खानेपानी चोकदेखि सामुदायिक एफ एम चोकसम्मको सडक पुनः कालोपत्रे गर्न थालेको हो ।

कालोपत्रे गरेको सडक १५ दिन नपुग्दै उप्किने थालेपछि २०७९ चैत्र १७ गते हाम्रो पत्रमा ‘नमूना ब्लक निर्माण आयोजनाः १५ दिन नपुग्दै उप्कियो कालोपत्रे’ समाचार प्रकाशित भएको थियो ।

नमूना ब्लक निर्माण आयोजनाः १५ दिन नपुग्दै उप्कियो कालोपत्रे

शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयको करिब ८ करोड लागतमा ब्लक ए को ३ किलोमिटर सडक कालोपत्रे र नाली निर्माण कार्य अन्तिम चरणमा भइरहेको छ ।

निर्माण कम्पनीका प्रतिनिधि जयराम थापाले आयोजनाले सडक पुनः कालोपत्रे गर्न भनेपछि खानेपानी ट्यांकी चोकदेखि सामुदायिक एफ एम चोकसम्मको सडकको ‘टप लेयर’ गरिरहेको बताए ।

‘पहिले कालोपत्रे हुँदा स्क्राच भएको भन्दै आयोजनाले पुनः निर्माण गर्न भनेपछि टप लेयर गरिरहेका छौं’ थापाले भने ।

सडकको गुणस्तरबारे प्रश्न उठेपछि तत्कालीन समयमा टीकापुर नगरपालिका उपप्रमुख खड्कबहादुर शाह, आयोजना प्रमुख रमेश थिङ, इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख चिरञ्जीवी राना लगायतले अनुगमन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update