काठमाडौं, कार्तिक १९
टी-२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेल र गुल्शन झाले अर्धशतक बनाए ।