Hamro Patra
टीकापुर उद्योग वाणिज्य संघको अभियानः टोलटोलमा शुभकामना र सुझाव संकलन

टीकापुर, असोज २७
टीकापुर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले दशैं तिहारको शुभकामनाका साथै सुझाव संकलन अभियान थालेको छ ।

संघले ब्यापारी व्यवशायीहरुको टोलमै पुगेर शुभकामना आदान प्रदानका साथै सुझाव संकलन थालेको हो । संघले आज सिद्धार्थ चोकमा पहिलो कार्यक्रम गरेको छ ।

Khadga Memorial And Janajagriti

संघका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थ चोक आसपासका ब्यापारी व्यवशायीहरुको सहभागीता रहेको थियो । ब्यापारी व्यवशायीहरुले टीकापुरको ब्यापार व्यवशाय उकास्नका लागि रचनात्मक काम गर्न संघलाई सुझाव दिएका छन ।

कार्यक्रममा ब्यापारी व्यवशायीहरुका तर्फबाट तपेन्द्र बिष्ट, द्वारीका तिमिल्सिना, खडक सुनार लगायतले शुभकामनाका साथै सुझाव दिएका छन ।

संघका अध्यक्ष भण्डारीले आफूहरु ब्यापारी व्यवशायीका तर्फबाट प्रतिनिधि पात्र मात्रै भएको र संघ सबै ब्यापारी व्यवशायीको छाता संस्था भएकाले सहयोगको अपेक्षा रहेको बताए ।

उनले आफ्नो टीम सदैव ब्यापारी व्यवशायीको सल्लाह सुझावका आधारमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै सहयोगको लागि आग्रह गरे ।

संघले तिहारसम्म विभिन्न टोलमा पुगेर यस्तै कार्यक्रम आयोजना गर्ने संघका महासचिव तपेन्द्र स्वाँरले जानकारी दिए । उनले टीकापुरका साथै सत्ती र दुर्गौलीमा समेत कार्यक्रम गरिने बताए । कार्यक्रममा संघका कार्य समितिका सबै पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update