Hamro Patra
जाजरकोट भूकम्पः मृत्यु हुनेको संख्या ९७ पुग्यो

टीकापुर, कार्तिक १८

जाजरकोटमा मृत्यु हुनेको संख्या ९७ जना पुगेको छ । नलगाड नगरपालिकाका वडाहरूमा भुकम्पबाट पुरिएका घरहरूमा खोजतलास गर्ने क्रममा थप दुई जना मृत भेटिएका जिल्ला समन्वय समितिका सदस्य खडकबहादुर बुढाले जानकारी दिए ।

CMA Staff

योसँगै नलगाड नगरपालिकामा मात्रै ४८ जनाको मृत्यु भएको उनले बताए। यीबाहेक भेरी, छेडगाड नगरपालिका सहित कुशे र बारेकोट गाउँपालिका गरी ९५ जनाको मृत्यु भइसकेको उनले जानकारी दिए ।

‘उद्धार तथा खोजी जारी छ,मृत्यु हुनेको संख्या अझै बढ्ने देखिन्छ’ उनले भने । उद्धारका क्रममा सोधपुछ गर्दा घरभित्र को-को थिए भन्ने यकिन गर्न नसक्दा मृत्यु हुनेको संख्या बढ्ने सम्भावना रहेको उनले बताए ।

भूकम्पमा परी घाइते भएका हरूलाई उपचारका लागि नेपालगञ्ज, सुर्खेत र काठमाडौंका विभिन्न अस्पतालमा पठाउने काम भइरहेको बुढाले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update