टीकापुर, कार्तिक १८
गए राति आएको भुकम्पबाट प्रभावित कणर्ाली प्रदेशका भूकम्प पीडितलाई सुदूरपश्चिम सरकारले १ करोड आर्थिक सहयोग गरेको छ ।
आज बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठले भूकम्प पीडितका लागि कणर्ाली प्रदेश सरकारलाई एक करोड आर्थिक सहयोग गर्ने निणर्य गरेको हो ।
कणर्ाली प्रदेशको जाजरकोट जिल्लाको बगरकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा केन्द्रबिन्दु भएर गएराति ११ः४७ मा आएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायत क्षेत्रमा भएको मानवीय र भौतिक क्षति प्रति सुदूरपश्चिम प्रदेश सरकारले दुःख प्रकट समेत गरेको छ ।
सुदूरपश्चिम सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहायता पुग्ने गरी एक करोड रुपैयाँ र स्वास्थ्य सामग्री सहित २० जना स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने निणर्य गरिएको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए ।