Hamro Patra
निर्माणाधिन छ लेन सडकको बिचमा ३३ केभी विद्युत प्रशारण लाइनः खै कसले हो सार्ने ?

योगेश रावल
टीकापुर, असोज २३
नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रशारण लाइनका कारण टीकापुरमा निर्माण भैरहेको छ लेन सडकको काम प्रभावित बनेको छ । विद्युतले प्रशारण लाइन अन्र्तगतका पोल नसार्दा सडक निर्माणको काम प्रभावित बनेको हो ।

टीकापुरको जमरा पुलदेखी बसपार्कसम्मको निर्माणाधिन छ लेन सडक क्षेत्र भित्र ३३ केभी अन्र्तगतका १४ वटा पोल परेका छन । जुन ७ वटा टावर र ७ वटा टिबलर पोल रहेको नेपाल विद्युत प्राधिकरण टीकापुरका छोटेलाल यादवले जानकारी दिए ।

यी पोल झण्डै ३५ वर्षअघि निर्माण गरिएका हुन । तत्कालिन अवस्थामा फराकिलो सडक र बस्ती कम भएका कारण बजार क्षेत्रबाटै ३३ केभी प्रशारण लाइन लगिएको थियो । हाल बस्ती बढेसँगै ३३ केभी प्रशारण लाइन बजारको मध्य भागमा पर्न गएको छ ।

Khadga Memorial And Janajagriti

संघीय सरकारको २० करोड लागतमा टीकापुर नगरपालिका–१ जमरा पुलदेखी बसपार्कसम्मको २ दशमलव ३ किलोमिटरमा छ लेन सडक निर्माण भैरहेको छ । यसको निर्माण रमण केएस जेभीले सुरु गरेको छ । अहिले सडकमा माटो भर्ने र सम्याउने काम भैरहेको छ ।

निर्माण पक्षले प्रशारण लाइनका कारण सडक निर्माणमा ढिलाई भैरहेको बताएको छ । निर्माण पक्षका इन्जिनियर गगन शाहीले काममा निकै समस्या भैरहेको बताए । उनले बारम्बार पत्राचार गर्दा पनि विद्युत कार्यालयले प्रशारण लाइन हटाउने बारेमा वास्ता नगरेको गुनासो गरे ।

‘हामीले २ पटक पत्र बुझायौं । कैयौं पटक भेट्यौं । तैपनि कार्यालयले वास्ता गरेको छैन’ उनले भने–‘काम गर्न निकै समस्या भैरहेको छ ।’

उनले नेपाल विद्युत प्राधिकरणको केन्द्रिय कार्यालयमा समेत समस्याका बारेमा जानकारी दिएको बताए । उनले २ वर्षभित्र सक्नुपर्ने काममा ढिलाई हुनसक्ने बताए ।

उता संघीय आयोजना कार्यान्वयन कार्यालय कैलालीले समेत विद्युत कार्यालयलाई प्रशारण लाइन हटाउन भनिरहेको छ । कार्यालयका साइड इञ्चार्ज इञ्जिनियर त्रिलोक जोशीले विद्युत प्राधिकरणको स्थानीय कार्यालयले वेवास्ता गरेपछि प्रदेश स्तरीय कार्यालयलाई पत्राचार गरेको बताए ।

उनले प्रदेश कार्यालयलाई प्रशारण लाइन सार्दा कति बजेट लाग्ने बारेको खर्च विवरण सहितको जवाफ पठाउन पत्राचार गरेको बताए । ‘हामीले खर्च सहितको विवरण माग गरेका छौं’ उनले भने–‘जवाफमा ढिलाईमा भैरहेको छ ।’

उनले समेत समयमा प्रशारण लाइन नसारेका कारण सडक निर्माणको काममा समस्या भैरहेको बताए । उनले सडक निर्माणका क्रममा जोखिम समेत रहेको बताए ।

तर विद्युत कार्यालय टीकापुरका प्रमुख हिमांशु यावद भने यस बारेमा लिखित रुपमा कुनै जानकारी नआएको बताउँछन । उनले केही व्यक्तिले फोनमै सोधेको र आफूले समेत फोनबाटै जवाफ दिएको बताए ।

‘केही व्यक्तिले फोनमा सोधेका थिए । मैले पनि फोनमै जवाफ दिएको हुँ’ उनले भने–‘कसरी सार्ने ? कहाँ सार्ने ? भन्ने बारेमा कोही आधिकारिक रुपमा आएको छैन ।’ उनले योजना सहित सरोकारवाला आए आफू विकल्प खोज्न तयार रहेको बताए ।

तत्कालिन अवस्थामा टीकापुर नगरपालिका–१, ब्लक नं. ११ स्थित कार्यालयसँगै रहेको सवस्टेशनसम्म पु¥याउन ३३ केभी लाइन बिच बजारबाटै ल्याईएको देखिन्छ । तर केही वर्ष अघि सवस्टेशन मुनुवा रोडस्थित खाद्य गोदाम नजिकै सारिएको छ । जहाँ ३३ केभी प्रशारण लाइन पु¥याउन बजार क्षेत्रको विकल्प खोज्न सकिने देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update