नदीमा डुबेर दुई बालकको ज्यान गयो
टीकापुर, कात्तिक १०
कैलालीको मुडामा नदीमा नुहाउने क्रममा हिजो साँझ दुईजना बालकको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय सुखडका अनुसार बर्दगोरीया गाउँपालिका वडा नं. ६ का दीपक मल्लका ६ वर्षका छोरा दिपसन मल्ल र सोही ठाउँका योगेन्द्र मल्लका ७ वर्षका छोरा आयुष मल्लको नदीमा डुबेर ज्यान गएको हो ।
उनीहरु साँझ साढे ५ बजेतिर बर्दगोरीया गाउँपालिका वडा नम्बर ६ स्थित काँडा नदीमा नुहाउने क्रममा डुबेका थिए । उनीहरुको शव नदीको पानी जमेको गहिरो भागमा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरिक्षक बिरबहादुर विकले मृतक बालकद्वयको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाईएको बताए । अहिले शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालको शव गृहमा राखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८० ०६:१०
प्रतिक्रिया दिनुहोस्