Hamro Patra
उपाधी जितेर यू–१९ क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं, कात्तिक ९
मलेसियामा युएईलाई हराउँदै एसीसी यु–१९ प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली बिहीबार काठमाडौं फर्किएको छ ।

क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का पदाधिकारीहरुले फूलमाला र खादा लगाइदिएर स्वागत गरेका छन ।

Khadga Memorial And Janajagriti

विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मुख्य प्रशिक्षक जगत टमाटाले यु–१९ टोलीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै जितको सम्पूर्ण श्रेय उनीहरुलाई नै दिने बताए ।

भविष्यमा उनीहरुको राम्रो संकेत देखिएको बताउँदै उनले भने, ‘केटाहरु सिनियरका लागि नक गर्दैछन् । उनीहरुले गरेको पर्फमेन्सलाई हेरेर ओभरअल क्रेडिट म प्लेअरहरुलाई दिन्छु । किनभने उनीहरुले जुन पर्फमेन्स गरेका थिए, सुपर थियो त्यो ।’

उनीहरुले राम्रो मिहिनेत गरिरहेको भन्दै टमाटाले अब एसिया कप र वर्ल्डकपका लागि चुनौती रहेकाले आवश्यक तयारी गरिरहेको बताए । राम्रो माइन्डसेट बनाएको भन्दै उनले क्रिकेट एसोसिएसनसँग बसेर छलफल गर्ने बताए ।

उनले भने, ‘अब च्यालेन्जको कुरा छ । एसिया कप खेल्दैछौं । एसिया कपको लागि राम्रो कन्ट्रीसँग इन्डियासँग, पाकिस्तानसँग च्यालेन्ज छ ।’

उनले तिहार पछाडि सिनियर टिमसँग दुई–तीनवटा म्याच खेल्ने वा एक्सपोजरका लागि इन्डिया, बंगलादेश वा श्रीलंकासँग खेल्न सकिने बताए ।

तस्विर साभार ः अनलाईन खबर

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update