Hamro Patra
टीकापुर उद्योग वाणिज्य संघको पदस्थापन सम्पन्न

टीकापुर, असोज १६
टीकापुर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्य समितिले आजदेखी पदभार सम्हालेको छ । मुख्य निर्वाचन अधिकृत धनबहादुर शाहीले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन ।

असोज ४ गते भएको निर्वाचनमा संघको अध्यक्षमा महासचिव रहेका रामबहादुर भण्डारी विजयी भएका थिए । उनले पूर्वमहासचिव धु्रवराज खत्रीलाई भारी मतान्तरले पराजित गरेका थिए । निर्वाचनमा कुल खसेको ९१३ मध्ये भण्डारीले ५४१ र खत्रीले ३२० मत प्राप्त गरेका थिए ।

Khadga Memorial And Janajagriti

त्यस्तै संघको उपाध्यक्षद्वयमा चक्रपाणी सापकोटा र जगतराज चौधरीका साथै महासचिवमा तपेन्द्र स्वाँर, सचिवमा गणेशराज रेग्मी र कोषाध्यक्षमा कमल चौधरीले पदभार ग्रहण गरेका छन ।

त्यसैगरी संघको सदस्य पदमा नवराज रिमाल, तपेन्द्र कुँवर, मानबहादुर ठकुल्ला, रामबहादुर साउँद, टेकबहादुर सोडारी, जीवन गौचन, सन्तोष खड्का, हिक्मत रावल, शिला सापकोटा, अमित टमट्टा नेपाली र जीतबहादुर चौधरीले जिम्मेवारी सम्हालेका छन ।

पदस्थापन कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावल रहेका थिए । सो अवसरमा बोल्दै उनले स्थानीय सरकार नीजि क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए ।

उनले नीजि क्षेत्रको सहयोगले मात्रै स्थानीय सरकार सफल हुने बताउँदै सहकार्यका लागि आग्रह गरे ।

पदस्थापन पश्चात आजै बसेको संघको पहिलो बैठकले निर्वाचन प्रकृयामा सघाउने सबैलाई धन्यवाद व्यक्त गर्ने निर्णय गरेको महासचिव तपेन्द्र स्वाँरले जानकारी दिए ।

 

प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update