Hamro Patra
‘केशरी’ ब्राण्डको पानी उद्योग सञ्चालनमा

टीकापुर, असोज ३०

कैलालीको टीकापुरमा ‘केशरी’ ब्राण्डको प्रशोधनयुक्त पानी उद्योग सञ्चालनमा आएको छ । भागेश्वर फुड एण्ड वेभरेज इण्डष्ट्रिजले टीकापुर नगरपालिका वडा नं. १ बाट पानी उत्पादन शुरु गरेको छ ।

इण्डष्ट्रीका प्रबन्ध निर्देशक विशाल बिष्टका अनुसार सुदूरपश्चिम मै ठूलो लगानीमा उत्पादन शुरू गरिएको कम्पनीबाट दैनिक चार हजार लिटर बोतल पानी र ५ हजार लिटर जार पानी उत्पादन हुनेछ ।

CMA Staff

चिनियाँ र भारतीय अत्याधुनिक प्रविधिको प्रयोगबाट उत्पादन थालेको उक्त कम्पनीले १ शय ७० फिट गहिराईको डिप बोरिङ्गबाट पानी तानेर सूक्ष्म रूपमा प्रशोधन गरी ल्याब परीक्षण पश्चात मात्रै उपभोक्ता माझ वितरण थाल्ने जनाएको छ ।

झण्डै चार करोडको लागतमा शुरु भएको पानी उद्योगले सुदूरपश्चिमको मुख्य बजारमा प्रशोधन गरिएको पानी पुर्याउने लक्ष्य राखेको निर्देशक बिष्टले जानकारी दिए ।

प्रारम्भिक चरणमा प्राविधिक र अन्य गरी १६ जना कर्मचारीलाई कम्पनीले रोगजार दिनेछ ।

त्यस्तै प्रबन्ध निर्देशक बिष्टले टीकापुर क्षेत्रको पर्यटन प्रवद्र्धन समेत होस् भन्ने उद्देश्यले पानीको बोतलमा प्रयोग हुने लोगोमा टीकापुर पार्कको तस्विर अङ्कित गरिएको जानकारी दिएका छन् ।

उनले कम्पनीले आर्जन गरेको मुनाफा मध्ये १ प्रतिशत रकम आर्थिक रूपमा विपन्न वर्गको हितमा खर्चिने समेत प्रतिवद्धता जनाएका छन् ।

अमेरिकाको क्यालिफोर्नियाबाट मानव श्रोतसाधन विषयमा स्नातकोत्तर गरेका विष्ट टीकापुर फर्केर स्वदेशमै व्यवसायमा लागि रहेका छन् ।

उद्योगको एक कार्यक्रमका बिच टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणि सापकोटाले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटाले युवापुस्ता नयाँ खालका उद्यम व्यवसायमा आउनु टीकापुरकै लागि सुखद् रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update