Hamro Patra
हिमालयन गौरीशंकर डेन्टल मिडिया कप हुने

धनगढी, असोज २६
कैलालीको धनगढीमा हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा तेस्रो संस्करणको हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको विजेताले नगद २५ हजार तथा उपविजेताले नगद १५ हजार सहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा ६ टीमको सहभागीता रहने आयोजकले जनाएको छ । लिककम नकआउटका आधारमा हुने प्रतियोगिता धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा असोज २७ र २८ गते आयोजना गरिन लागेको आयोजक खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिएका छन ।

Khadga Memorial And Janajagriti

प्रतियोगिताको मुख्य प्रायोजक धनगढीको हिमालयन गौरीशंकर डेन्टल क्लिनिक रहेको छ । मुख्य प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हिमालयन गौरीशंकर डेन्टल क्लिनिकका सञ्चालक रतन एसके र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सचिव तथा प्रतियोगिता संयोजक विराज रोस्याराले हस्ताक्षर गरेका छन ।

एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको सह–प्रायोजकमा माया मेट्रो हस्पिटल रहेको छ । प्रतियोगिता आयोजनामा ज्योती आयल स्टोर, नवजीवन अस्पताल, सनराईज बैंक, एभरेष्ट बैंक, फ्ल्याटल्याण्ड फुटसल लगायतले सहयोग गरेका छन ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update