Hamro Patra
१२ लाख रुपैयाँसहित तीन भारतीय पक्राउ

टीकापुर, असोज २४

कैलालीको टीकापुर नगरपालिका वडा नं. १ समितिपुरबाट १२ लाख ४२ हजार ८ शय ८८ रुपैयाँसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।

Khadga Memorial And Janajagriti

टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरको टोलीले उक्त रकमसहित भारतको पलिया खिरीका तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पलिका व्यापारी असोनी मिश्र, सुमनकुमार बर्मा र गाडी चालक विकास ठाकुर रहेका छन् । शिक्षालयका अनुसार उनीहरुबाट ३ लाख ८७ हजार ४ शय ३० भारतीय रुपैयाँ र ६ लाख २३ हजार १ शय नेपाली रुपैयाँ बरामद गरिएको थियो ।

सशस्त्र प्रहरीले युपी३एभी ९९९९ नम्बरको गाडीसहित श्रोत नखुलेको उक्त रकम बरामद गरेर राजश्ज अनुसन्धान कार्यालय कोहलपुरलाई बुझाएको छ । उनीहरु पलियामा थोक व्यवसाय गर्दै आएका व्यापारी रहेको बताइन्छ ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update