Hamro Patra
सानो बंकरमा १८ जना भोकभोकै छौंः विद्यार्थी

टीकापुर, असोज २१

हामी मिभ्टाहिम शहरको शोरासिम फर्ममा कार्यरत छौं । हिजो बिहानबाटै निद्रामै बंकर भित्र भागेको हौं, अहिले पनि बंकरमै छौं । सानो बंकरमा १८ जना छौं, ३ जना सुदूरपश्चिम विश्वविद्यालयका र १५ जना कृषि तथा वन विज्ञान विश्वविद्यालयका । हामी १२ जना छात्रा र ६ जना छात्र छौं ।

Khadga Memorial And Janajagriti

हिजोदेखि नेपालबाट ल्याएको चाउचाउ र पानी खाएर हामीले रात काट्यौं । कलेजका साथीहरु अर्को फर्ममा थिए । बिहानै कलेजको ग्रुपमा म्यासेज गरेका थिए । हिजो हामीलाई बचाउ, नेपाल फर्काउने व्यवस्था मिलाउ भन्दै थिए । त्यतिबेला त्यत्ति गाह्रो भैसकेको थिएन । हामीले मजाकमा लियौं । हामीलाई रमाइलो लागिरहेको थियो । सामान्य लागिरहेको थियो । उनीहरुको म्यासेज आएपछि बल्ल हाम्रो होस उड्यो ।

त्यसपछि अवस्था झन बिग्रियो । गाह्रो हुँदै गयो । अहिले ४९ मध्ये १२ जना साथीहरु सम्पर्कबिहिन छन । ५ जना गम्भीर घाइते भएको खबर छ । हामी हाम्रा साथीहरु सकुशल हुन भन्ने प्रार्थना बाहेक केही गर्न सकिराखेका छैनौं । यता नि कतिबेला के हुने हो केही थाहा छैन । हामीसँग भगवानको भरोसा बाहेक अरु केही आशा छैन । हामीसँगै आएका सबै साथी सँगै फर्किन पाए हुन्थ्यो भन्ने कामना गरिरहेका छौं ।

सुदूरपश्चिम विश्व विद्यालय कृषि विज्ञान संकाय, स्कुल अफ एग्रिकल्चरमा अध्ययनरत हाल इजरायलमा रहेकी कल्पना जोशीसँग म्यासेन्जरमा गरिएको संक्षिप्त कुराकानीमा आधारित ।

कृषि विज्ञान संकाय शोकमा

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update