Hamro Patra
सशस्त्र प्रहरीको सरसफाई अभियान

टीकापुर, असोज १५
सशस्त्र प्रहरी बल नेपाल राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरले आज टीकापुर बजार सरसफाई गरेको छ । शिक्षालयले बडादशैंको अवसरमा सरसफाई गरेको हो ।

Khadga Memorial And Janajagriti

सरसफाई कार्यक्रमको टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले उद्घाटन गरेका छन । सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, खेलाडी, ब्यापारी व्यवशायीहरुको समेत सहभागिता रहेको थियो ।

स्थानीय खड्ग चोकबाट सुरु भएको सरसफाई अभियान अस्पताल रोड, क्याम्पस रोड हुँदै शिक्षालय नजिक पुगेर सम्पन्न भएको थियो ।

त्यस्तै शिक्षालयले बडादशैंको अवसरमा सर्वसाधारणका लागि पिङ निर्माण गरेको छ । पिङको समेत मेयर रावलले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन । सर्वसाधारणले पिङ खेलेर बडादशैंको रमाइलो गर्न सक्ने शिक्षालय प्रमुख सशस्त्र प्रहरी उपरिक्षक नरेन्द्र सेनले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असोज १५, २०७६  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update