Hamro Patra
विवादित घरको एजेण्डा कार्यपालिकामा पेश

टीकापुर, असोज १९

टीकापुर नगरपालिकाले प्रकृया मिचेर अघि बढाएका बाढी प्रभावितका घरसम्बन्धी प्रस्ताव कार्यपालिकाको बैठकमा पेश भएको छ ।

आज दिउँसो २ बजेबाट बस्ने कार्यपालिकाको बैठकमा विवादित घर सम्बन्धी प्रस्तावसहित सदस्यलाई बैठकका लागि आमन्त्रण गरेसँगै विवादित घरको विषय कार्यपालिका बैठकमा पेश भएको हो ।

Khadga Memorial And Janajagriti

बैठकका लागि प्रस्ताव नं. ७ मा ‘कम लागतमा बाढी प्रतिरोधक सुरक्षित आवास निर्माण कार्यक्रम सम्बन्धमा’ उल्लेख गरिएको प्रस्ताव पेश भएको एक कार्यपालिका सदस्यले बताए ।

गैरसरकारी संस्था कारितास नेपालसँगको लागत सहभागीतामा बाढी प्रभावित घर परिवारका लागि कम लागतमा बाढी प्रतिरोधात्मक आवास निर्माण परियोजनाका नाममा घर निर्माण गरिएपछि विवाद चुलिएको थियो ।

परियोजनाका नाममा विभिन्न वडामा ५० वटा घर निर्माण भएका छन । ती मध्ये कतिपय घर निर्माण सम्पन्न भैसकेका छन भने कतिपय घर निर्माणाधिन अवस्थामा छन । वडा नं. ७ पर्तिपुरमा मात्रै २० वटा घर निर्माण भएका छन । पर्तिपुर नगर प्रमुख रामलाल डगौरा थारुको गाउँ हो । अन्य ६ वडामा भने पाँचपाँचका दरले घर निर्माण भएका छन ।

एउटा घरको लागत ४ लाख २० हजार रुपैयाँ रहेको छ । जसमध्ये ६० प्रतिशत अर्थात २ लाख ६० हजार रुपैयाँ नगरपालिकाले र ४० प्रतिशत अर्थात १ लाख ६० हजार कारितास नेपालले ब्यहोर्ने सहमति भएको छ । नगरपालिकाले मात्रै घर निर्माणमा १ करोड ३० लाख रुपैयाँ खर्च गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

यद्यपि उक्त सम्झौतामा नगर प्रमुख रामलाल डगौरा थारु र उपप्रमुख खडकबहादुर शाहले मात्रै हस्ताक्षर गरेका छन् । तत्कालीन प्रमुख प्रशासकीय अधिृकत मंगलबहादुर शाह र शिक्षा उपसचिव दमनसिंह चौधरीले उक्त सम्झौतामा हस्ताक्षर गर्न नमानेपछि सम्झौता पूणर् नहुँदै उक्त भवनहरु निर्माण भएका हुन् ।

एक विश्वस्त सुत्रका अनुसार विवादित भवनबारे समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत घटनालाई नजिकबाट अध्ययन गरिरहेको छ ।

भुक्तानीको सेटिङ मिलाउँदै कार्यकारी विष्ट

बाढी प्रभावितका घर निर्माणमा मेयरको हस्तक्षेप

कार्यपालिका बैठकको निर्णयमाथि प्रमुख प्रशासकीय बिष्टको धावा

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update