Hamro Patra
सिद्धार्थ होटलको नेपाली खाना प्रवद्र्धन अभियान

टीकापुर, असोज १३
सिद्धार्थ ग्रुपले नेपाली खानाको प्रवद्र्धन अभियान थालेको छ । ग्रुपले आफ्ना पाँचवटा शाखामार्फत सस्तोमा नेपाली खाना खुवाउने अभियान थालेको हो । उसले यस अभियानको नाम ‘खाना खानु भयो ?’ राखेको छ ।

यो अभियान टीकापुर, महेन्द्रनगर, चिसापानी, सुर्खेत र नेपालगञ्जमा रहेका शाखाहरुमा सञ्चालन भएको रिजनल म्यानेजर केशव न्यौपानेले जानकारी दिए । उनका अनुसार एक सेट भेज खानाको टीकापुर र महेन्द्रनगरमा रहेका शाखामा १७५ रुपैयाँ र चिसापानी, सुर्खेत र नेपालगञ्जमा रहेका शाखामा १९९ रुपैयाँ तोकिएको छ । उनले सस्तोमा खाना खान चाहने ग्राहकलाई लक्षित गरेर यस्तो अभियान सञ्चालन गरेको बताए ।

Khadga Memorial And Janajagriti

उनले नेपाली खाना सस्तोका साथै स्वादिलो र गुणस्तरीय समेत हुने बताए । यसका लागि ग्राहकले बिहान १० बजेदेखी २ बजेसम्म होटलमा पुग्नुपर्नेछ । ग्रुपले नेपाली खाना पकाउनका लागि महिला कुकको व्यवस्था गरेको छ । रिजनल म्यानेजर न्यौपानेले खाना पस्किनका लागि वेटर समेत महिला नै राख्ने सोच रहेको बताए ।

ग्रुपले कामकाजी व्यक्तिहरुका लागि टिफिनमार्फत कार्यथलोमै खाना पु¥याउने सेवा समेत सञ्चालन गरेको छ । यस्तो सेवा नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजले ६ महिनाअघि सुरु गरेको न्यौपानेले बताए । उनले खाना खानु भयो ? र कार्यथलोमै टिफिनमार्फत खाना पु¥याउने अभियानलाई सबै शाखामा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

२०५४ सालमा सामान्य खाजा नास्ताबाट आफ्नो सेवा सुरु गरेको सिद्धार्थ ग्रुपले हाल देशका विभिन्न २४ स्थानमा होटल सञ्चालन गरेको छ । ती मध्ये चार तारे सम्मको सुविधा सम्पन्न होटल समेत छन ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०७६  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update