Hamro Patra
वडा कार्यालयले शवबाहन सञ्चालन गर्दै

टीकापुर, असोज १३

कैलालीको टीकापुर नगरपालिका वडा नं. १ को कार्यालयले नगरबासीका लागि महाप्रस्थान यान (शव बाहन) सञ्चालनमा ल्याउने भएको छ ।

वडा नं. १ ले २० लाख ७४ लाख रुपैयाँमा टेण्डर प्रक्रियाबाट शव बाहन खरिद गरेर महाप्रस्थान यान सञ्चालनमा ल्याउन लागेको हो ।

Khadga Memorial And Janajagriti

वडाले आर्थिक वर्ष २०७९/०८० मा २८ लाख रुपैयाँ महाप्रस्थान यान खरिदका लागि बजेट विनियोजन गरेकोमा एम.ए.डब्लु भिद्धी कमर्सियल भेहिकल्स प्रा.लि., काठमाडौंले २० लाख ७४ हजारमा बिक्री गरेको हो ।

टीकापुर नगरपालिकाका इञ्जिनियर राजेन्द्र रावलले २६ लाख ५० हजारको लागत अनुमान रहेको शवबाहन २० लाख ७४ हजारमा टेण्डर प्रक्रियाबाट खरिद गरिएको बताए ।

इञ्जिनियर रावलले भने ‘वडा नं. १ को बजेटबाट घरदेखि घाटसम्म शव पुर्याउन सहज होस् भन्नका लागि शवबाहन खरिद गरिएको हो ।’

टीकापुरमा शव वाहन नहुँदा ट्याक्टरमा बोक्नुपर्ने बाध्यतालाई मध्ये नजर गर्दै वडाको बजेटबाट शव बाहन खरिद गरिएको वडा नं. १ का अध्यक्ष मोहनसिंह लुहार वि.क.ले बताए ।

‘सामाजिक क्षेत्रका विभिन्न संघसंस्थाका कार्यक्रमको रकम काटेर सबैको सल्लाहमा शव बाहनका लागि बजेट छुट्याएका थियौं’ अध्यक्ष वि.क.ले भने ‘नगरबासीलाई घरदेखि घाटसम्म शव लिनका लागि सहज हुनेछ ।’

वडाध्यक्ष वि.क.ले गत वर्षमै शव बाहन खरिद गरिएको भए पनि सञ्चालन कार्यविधि निर्माणमा ढिलाई हुँदा सञ्चालन सहज नभएको बताए । ‘हामी कार्यपालिकाको बैठकबाट कार्यविधि निर्माणको चरणमा छौं’ वडाध्यक्ष वि.क.ले भने ‘शव बाहन खरिद गर्नु मात्रै ठूलो कुरा होइन्, यसको व्यवस्थित सञ्चालनका लागि कार्यविधि बनाई रहेका छौं, त्यसै अनुसार सञ्चालन गर्ने तयारी छ ।’

स्थानीय पूणर् सापकोटाले शवलाई घरदेखि घाटसम्म पुर्याउनका लागि नगरबासीलाई सहज हुने बताए । ‘रकमै तिर्छु भन्दा पनि शव बाहन पाउन मुश्किल हुने गरेको थियो’ सापकोटाले भने ‘वडाले शव बाहन ल्याएपछि नागरिकलाई सहज हुनेछ ।’

वडा कार्यालयले नगरबासीलाई सहजता होस् भन्दै शव बाहन सञ्चालन गर्न थालेपछि स्थानीयहरु उत्साहित भएका छन् ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update