Hamro Patra
सिएलसी सत्तीको अध्यक्षमा कडायत
Khadga Memorial And Janajagriti

टीकापुर, २२ चैत
टीकापुर नगरपालिका–७ सत्तीस्थित सामुदायिक सिकाई केन्द्र (सिएलसी) को चौथो साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाले कपुरसिँह कडायतलाई पुनः अध्यक्षमा दोहो¥याएको छ ।


कार्य समितिको उपाध्यक्षमा धनसरी कोइराला र सचिवमा टोपबहादुर केसी चयन भएका छन । त्यसैगरी कार्य समितिको सदस्यहरुमा राजकुमार चौधरी, शंकर विक, सरला ठकुरीराठी, मनिराम ढुंगाना र उमा भट्टराई चयन भएका छन । कार्य समितिमा विद्यालय निरिक्षक, वडाध्यक्ष र कार्यालय प्रमुख पदेन सदस्य रहने व्यवस्था छ ।


साधारण सभाको प्रमुख अतिथि टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घ ठकुल्ला र विशिष्ट अतिथि वडा नं. ७ का वडाध्यक्ष रामलाल डगौरा रहेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update