Hamro Patra
सुदूरपश्चिम योजना आयोगको उपाध्यक्षमा अनुपकुमार

टीकापुर, असोज ९

सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुपकुमार उपाध्याय नियुक्त भएका छन । उनलाई सुदूरपश्चिम प्रदेश सरकारको असोज ६ गते बसेको बैठकले आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निणर्य गरेको थियो ।

Khadga Memorial And Janajagriti

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज नवनियुक्त उपाध्यक्ष उपाध्यायलाई पद तथा गोपनियताको सपथ खुवाएका छन । उनले आजै पदभार सम्हालेका छन ।

नेपाल सरकारको पूर्व सचिव रहेका उपाध्याय कुशल प्रशासकका रुपमा चिनिन्छन । उनले ऊर्जा, विज्ञान तथा प्रविधि, सिँचाई लगायतका मन्त्रालयको सचिवका रुपमा कार्य सम्हालेका छन । उनले २०७५ मंसिरमा ऊर्जा मन्त्रालयको सचिवबाट राजिनामा दिएका थिए ।

उनी सचिवबाट राजिनामा दिएर प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका थिए । उनले अध्यक्षका रुपमा लोडसेडिङको अन्त्य, निर्माणाधिन आयोजनाको कामलाई तिब्रता दिने, प्राधिकरणको प्रशासनिक तथा वित्तिय पुर्नसंरचनाका लागि महत्वपूणर् नीतिगत निणर्य गरेका थिए ।

डोटीको साविक चवरा चौतारा गाउँ विकास समिति खत्याडीमा सन् १९६५ मा जन्मिएका उपाध्याय जानकी गाउँपालिका वडा नं. ३ भगतपुरका बासिन्दा हुन् । उनले विद्युतीय ऊर्जा विषयमा जर्जियाबाट स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन । उनी सुप्रवल जनसेवा श्री २०७५ बाट सम्मानित भैसकेका छन ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update