Hamro Patra
संघका पदाधिकारीलाई होटल सिद्धार्थको सम्मान

टीकापुर, असोज १०
टीकापुरस्थित होटल सिद्धार्थले एक समारोहको आयोजना गरी आज टीकापुर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ ।

होटल सिद्धार्थका सुदूरपश्चिम प्रबन्धक केशव न्यौपानेको अध्यक्षतामा भएको सम्मान समारोहको प्रमुख अतिथि टीकापुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष रामबहादुर भण्डारी रहेका थिए । सो अवसरमा प्रबन्धक न्यौपानेले नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई माला र खादा पहिर्याएर सम्मान गरेका थिए ।

Khadga Memorial And Janajagriti

सम्मान समारोहमा टीकापुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु नवराज रावल, नरेशकुमार खत्री, निवर्तमान अध्यक्ष आनन्द हमाल लगायतको उपस्थिति रहेको थियो ।

असोज ४ गते भएको निर्वाचनमा भण्डारीको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन भएको छ । कार्य समितिमा एक सदस्य बाहेक सबै पदमा भण्डारी नेतृत्वको प्यानलले जितेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update