Hamro Patra
आइतवारदेखि निःशुल्क प्लाष्टिक सर्जरी हुने

टीकापुर, असोज ५

कैलालीको टीकापुरमा निःशुल्क प्लाष्टिक सर्जरी स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । टीकापुर अस्पतालमा असोज ७ गते आइतवारदेखि १० गतेसम्म निःशुल्क प्लाष्टिक सर्जरी शिविर सञ्चालन हुने भएको हो ।

CMA Staff

सुष्मा कोइराला मेमोरियल हस्पिटल काठमाडौंको प्राविधिक सहयोग तथा टीकापुर नगरपालिका र टीकापुर अस्पतालको संयुक्त आयोजनामा शिविर सञ्चालन हुने भएको छ ।

शिविरमा आगोले पोलेका बिरामीदेखि जन्मजात रुपमा ओट तथा तालु फाटेका र अन्य गाँठागुँठीहरुको उपचार गरिने सुष्मा कोइराला मेमोरियल हस्पिटलका मेडिकल अधिकृत डाक्टर सन्तोष भण्डारीले बताए ।

नेपालमा जलनको जताततै उपचार सम्भव नभएको र भौगोलिक विकटताका कारण समयमै बिरामीलाई अस्पताल पुर्‍याउन नसक्दा बिरामीहरुको मृत्यु समेत हुने गरेको छ ।

आगोबाट जलन भएका, तालु फाटेका बिरामीहरुका लागि सुष्मा कोइराला मेमोरियल हस्पिटलले देशका विभिन्न स्थानमा हुने प्लाष्टिक सर्जरी शिविरमा प्राविधिक सहयोग गरिहरेको छ । टीकापुरमा यसअघि पनि प्लाष्टिक सर्जरी शिविर सञ्चालन गरिएको थियो उक्त शिविरबाट बिरामीहरुले सेवा लिएका थिए ।

अझै पनि यस क्षेत्रमा जलनको समस्या भएका बिरामीहरु हुनसक्ने आँकलन गरि फेरी निशुल्क शिविर सञ्चालन गर्न लागिएको सुष्मा कोइराला मेमोरियल हस्पिटलका सल्लाहकार डाक्टर खकेन्द्र भण्डारीले बताए ।

टीकापुर अस्पतालमा शिविर सञ्चालन हुँदा टीकापुर, जानकी, जोशीपुर, भजनी लगाएतका पालिकाका नागरिकहरुलाई बढी फाइदा पुग्नेछ ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update