Hamro Patra
टीकापुर उद्योग वाणिज्य संघमा भण्डारीको प्यानल विजयी

टीकापुर, असोज ५
टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षमा वर्तमान महासचिव रामबहादुर भण्डारीको प्यानल विजयी भएको छ । निर्वाचनमा एक सदस्य बाहेक सबै पदमा काँग्रेस समर्थक भण्डारीको प्यानल विजयी भएको हो ।

भण्डारी नेतृत्वको प्यानल निकै ठूलो मतान्तरले विजयी भएको छ । अध्यक्ष पदमा विजयी भण्डारीले प्रतिस्पर्धी नेकपा समर्थक प्यानलका धु्रवराज खत्रीलाई २२१ मतको अन्तरले पराजित गरेका छन । भण्डारीले ५४१ र खत्रीले ३२० मत प्राप्त गरेका छन ।

Khadga Memorial And Janajagriti

संघको उद्योगतर्फको उपाध्यक्षमा जगतराज चौधरी ४६३ मत, वाणिज्यतर्फको उपाध्यक्षमा चक्रपाणी सापकोटा ५२७ मत ल्याएर विजयी भएका छन । प्रतिस्पर्ती खत्री प्यानलका रामप्रसाद चौधरीले ३३७ र कृष्णप्रसाद उपाध्याय बजगाईले ३०४ मत प्राप्त गरे ।

त्यस्तै संघको महासचिवमा तपेन्द्र स्वाँर ४८२ मत ल्याएर विजयी भएका छन भने प्रतिस्पर्धी प्रेमबहादुर रावलले ३३३ मत प्राप्त गरेका छन । सचिवमा विजयी गणेशराज रेग्मीले ४५५ र प्रतिस्पर्धी टोप प्रकाश विकले ३६८ तथा कोषाध्यक्षमा कमल चौधरीले ५१० र प्रतिस्पर्धी मोहनप्रसाद जैशीले ३१४ मत ल्याएका छन ।

संघको आठ खुल्ला सदस्यमा नवराज रिमाल (५२१), तपेन्द्र कुँवर (५०६), मानबहादुर ठकुल्ला (४७३), रामबहादुर साउँद (४४५), टेकबहादुर सोडारी (४४३), जीवन गौचन (४००), सन्तोष खड्का (३९७) र हिक्मत रावल (३८६) विजयी भएका छन । त्यस्तै समावेशी सदस्यहरुमा महिलातर्फ शिला सापकोटा (४९९), दलिततर्फ अमित टमट्टा नेपाली (४६३) र जनजातितर्फ जीतबहादुर चौधरी (४११) मत प्राप्त सहित विजयी भएका छन । समावेशी सदस्यहरुमा पराजित हुनेमा महिलातर्फ गौरीकुमारी न्यौपाने (३३०), दलिततर्फ माया बागदास (३५७) र जनजातितर्फ किरण चौधरी (४०२) रहेका छन ।

शनिवार भएको निर्वाचनमा कुल १००२ मतमा ९१६ जनाले मतदानमा भाग लिएको मुख्य निर्वाचन अधिकृत धनबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update