खुकुरी प्रहारबाट घाइते
खुकुरी प्रहारबाट घाइते
टीकापुर, असोज ३
कैलालीमा लेनदेनको विषयमा विवाद हुँदा एकजना घाइते भएका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. २ का ४७ वर्षीय रुपबहादुर सुनारमाथि खुकुरी प्रहार हुँदा उनी घाइते भएको प्रहरीले जनाएको छ ।
लेनदेनबारे विवाद हुँदा आज बिहान वडा नम्बर ५ बस्ने ३२ वर्षीय बसन्त साउदले उनीमाथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । साउँदले सुनारको घरमै गएर झगडा गरेको प्रहरीले बताएको छ ।
आरोपित साउँदलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। घाइते सुनारलाई उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: बुधबार, असोज ३, २०८० १२:०९
प्रतिक्रिया दिनुहोस्