Hamro Patra
गुण्डागर्दीप्रति प्रहरी क्रुर भएर प्रस्तुत हुन्छः डीएसपी अधिकारी

टीकापुर, असोज २

इलाका प्रहरी कार्यालय टीकापुरको प्रमुखका रुपमा आएका डिएसपी विश्वराज अधिकारीले गुण्डागर्दी प्रति प्रहरी क्रुर भएर प्रस्तुत हुने बताएका छन ।

सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै डिएसपी अधिकारीले समाजको शान्ति सुरक्षा नै प्रहरीको प्रमुख दायित्व भएको बताए । उनले झैझगडा भैरहेको बारेमा प्रहरीलाई सूचना दिन आग्रह गरे । उनले सूचना प्राप्त भए अनुसार प्रहरी परिचालन गरिने बताए ।

CMA Staff

'जस्तो अवस्था आउँछ हामी त्यसरी नै प्रस्तुत हुन्छौं’ उनले भने -'ढुक्क भएर त्यस्तो कुनै सूचना भए हामीलाई उपलब्ध गराउनुस् ।’

उनले बढ्दो लागुऔषध विरुद्ध समेत प्रहरी कडा रुपमा प्रस्तुत हुने गरी तयारी भैरहेको बताए । उनले नेपाल प्रहरीले देशैभर लागु औषध नियन्त्रण महाअभियान सुरु गर्ने तयारी गरिरहेको जानकारी दिए । उनले सबै स्थानीय पालिकासँगको सहकार्यमा प्रहरीले महाअभियान सञ्चालन गर्ने बताए

उनले महाअभियान अन्र्तगत लागुऔषध कारोवारी र सेवनकर्तालाई पक्राउ गर्नुका साथै आमनागरिकसँग जनचेतनामूलक कार्यक्रम समेत अघि बढाईने बताए ।

उनले प्रहरीको व्यवसायिक काममा सहयोग गरेर समाजको हितमा काम गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन । उनले समाजको शान्ति सुरक्षाको जिम्मेवारी प्रहरी जत्तिकै पत्रकारहरुको पनि भएकाले व्यवसायिक अपेक्षा रहेको बताए ।

उनी इलाका प्रहरी कार्यालय टीकापुरको प्रमुखका रुपमा आएको पाँच दिन भएको छ । १६ वर्ष अघि प्रहरी निरिक्षक पदमा नेपाल प्रहरीको जागिर सुरु गरेका अधिकारी प्रहरी प्रधान कार्यालयबाट सुरुवा भएर आएका हुन । उनले यसअघि पर्वत जिल्लाको प्रमुखका रुपमा कार्य सम्पादन गरिसकेका छन ।

यसअघिका दुईजना डिएसपी छोटो समयमै सरुवा भएपछि टीकापुरमा डिएसपी नटिक्ने चर्चा चुलिएको छ । यही चर्चाका बिच टीकापुर पुगेका अधिकारीका अघि थुप्रै चुनौती रहेका छन । उनले कसरी चुनौतीको सामना गर्छन र टीकापुरमा डिएसपी नटिक्ने चर्चालाई साम्य पार्छन टीकापुरबासी पर्खाईमा छन ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update