Hamro Patra
CMA Staff

टीकापुर, असोज २

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका ९ शंकरपुर स्थित सोही ठाँउ बस्ने कृष्ण तिवारीले सञ्चालन गरेको तिवारी मेटल उद्योगमा फलामको काम गर्ने गौरीगंगा नगरपालिका ७ मनकापुरका ३५ वर्षीय गणेश थारु चौधरीको सोमवार मृत्यु भएको हो ।

साँझ सटर बन्द गर्ने क्रममा सटरमा बिद्युत चुहावट भएको कारण अचानक करेन्ट लागेर गम्भिर घाईते भएका चौधरीको उपचारका क्रममा धनगढी स्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update