टीकापुर, असोज १
बहुविवाह गरेको आरोपमा भजनी नगरपालिकाका पूर्वमेयर शेरबहादुर चौधरी निलम्बनमा परेका छन् ।
नेकपा माओवादी केन्द्रले बहुविवाहको आरोपमा पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य समेत रहेका पूर्वमेयर चौधरीलाई छ महिनाका लागि निलम्बन गरेको हो ।
‘साँस्कृतिकजन्य कमजोरी गरेको र उनीसँग छलफल गर्दा सहर्ष स्वीकार गरेकोले निजलाई प्रदेश समितिको सिफारिसमा ६ महिनाको लागि पार्टी सदस्यबाट समेत निलम्बन गरिएको निणर्य अनुमोदन गरिएको छ’ माओवादीले मातहतका कमिटीमा पठाएको सर्कुलरमा भनिएको छ ।
कैलालीको भजनी नगरपालिकाका पूर्व प्रमुख समेत रहेका उनले केही समयअघि बहुविवाह गरेको बताइएको छ । सोबारेमा पार्टीमा उजुरी परेपछि उनले आफ्नो कमजोरी स्वीकारेका थिए ।
उनको कमजोरी पुष्टि भएसँगै हालै बसेको केन्द्रीय कार्यालयको बैठकबाट उनलाई निलम्बनको निणर्य भएको बताइएको छ ।