Hamro Patra
अतवारीकै दिनदेखि चौधरी बेपत्ता

टीकापुर, असोज १

कैलालीको जानकी गाउँपालिका वडा नं. ६ जगतपुरका एक युवक दुई दिनदेखि बेपत्ता भएका छन् । स्थानीय जगतपुर सामुदायिक वनसँगै रहेको कर्णाली नदीमा अतवारीकै दिन माछा मार्न गएका अन्दाजी ३५ वर्षीय चन्द्रप्रकाश चौधरी शनिवारदेखि बेपत्ता भएका हुन् ।

Khadga Memorial And Janajagriti

स्थानीय मोतिलाल चौधरीका अनुसार चौधरी शनिवार बिहान ३ बजे नै माछा मार्न कर्णाली नदीमा गएका थिए । साँझसम्म पनि घर नफर्किएपछि स्थानीयबासी र प्रहरीले उनको खोजी गरेको थियो ।

‘कर्णाली नदीको वारीपट्टी उनको साइकल छ, नदीको बिचमा रहेको टापुमा लुगा र मोबाइल भेटियो’ मोतिलालले भने ‘स्थानीयले शनिवार विहान माछा मारिरहेको देखेका रहेछन्, त्यसपछि उनीबारे अहिलेसम्म केही पत्ता लागेको छैन ।’

लुगा र मोबाइल भेटिए पनि चौधरीबारे हालसम्म कुनै अत्तोपत्तो छैन । इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी विश्वराज अधिकारीले चन्द्रप्रकाश शनिवारदेखि नै बेपत्ता भएको बताए ।

‘हिजो साँझ ५ बजेतिर प्रहरीले खबर पाएपछि स्थानीय, नेपाल प्रहरी लगायतले खोजी गरिरहेको छ’ डीएसपी अधिकारीले भने ‘हालसम्म उनको अवस्था पत्ता लागेको छैन ।’

कर्णाली नदीमा सो क्षेत्रका स्थानीयहरु माछा मार्न, घाँस दाउरा गर्न जाने गर्दछन् ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update