Hamro Patra
उपसचिवको दरबन्दीमा शाखा अधिकृत हाकिम

टीकापुर, भदौ ३१

टीकापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पुनः नारायणबहादुर विष्ट आउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका विष्टलाई आजै टीकापुरमा सरुवा गरेको छ ।

CMA Staff

यसअघि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाली सकेका विष्ट दोश्रो पटक टीकापुर नगरपालिकामा आउन लागेका हुन् ।

उपसचिवको दरबन्दी रहेको नगरपालिकामा शाखा अधिकृत रहेका विष्टलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको हो ।

उनले नगरपालिकामा कार्यरत उपसचिव (शिक्षा) दशौं तहलाई समेत आफ्नो मातहतमा काम गराउने छन् । यसअघि पटक पटक प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका दमनसिंह चौधरीले विष्टको मातहतमा काम गर्नु पर्ने भएको हो ।

उपसचिव चौधरीले संघीय मन्त्रालयले शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाएको बताउँदै शिक्षा उपसचिवलाई स्थानीय तहमा समायोजन गरेकाले शाखा अधिकृतलाई नै जिम्मेवारी दिएको हुनसक्ने बताए ।

श्रोतका अनुसार उपसचिव चौधरीले नै प्रमुख प्रशासकीय अधिकृतका रुपमा शाखा अधिकृत ल्याउँदा आफूलाई समस्या नहुने भन्दै नगर प्रमुख रामलाल डगौरा थारुलाई लिखित पत्र बुझाएका थिए ।

विष्टसँगै मन्त्रालयले १७ जना शाखा अधिकृतहरुको सरुवा गरेको हो ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update