Hamro Patra
किन आए भारतीय राजदूत श्रीवास्तव टीकापुरमा ?

टीकापुर, भदौ ३१

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आज कैलालीको टीकापुरमा पुगेका छन् । २०७२ को टीकापुर घटनापछि भारतीय दुतावासबाट भएको यो पहिलो भ्रमण हो ।

Khadga Memorial And Janajagriti

भारतीय दुतावासको सहयोगमा सन् २०१४ मा निर्माण सम्पन्न भएको टीकापुर बहुमुखी क्याम्पसको शैक्षिक भवन र पुस्तकालय भवनको उद्घाटन गर्न आज कैलालीको टीकापुरमा राजदूत श्रीवास्तव पुगेका हुन् ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले भारत नेपालको समग्र आर्थिक विकासको पक्षमा रहेको बताएका छन् ।

‘भारतमा आर्थिक विकासको उभार छ, भारत विश्वको पाँचौं आर्थिक शक्ति राष्ट्रका रुपमा विकसित भइरहेको छ, निकट भविष्यमा तेश्रो ठूलो राष्ट्र बन्ने योजना छ’ राजदूत श्रीवास्तवले भने ‘त्यसैले भारत आफ्नो छिमेकी नेपालको पनि आर्थिक विकास होस् भन्ने चाहन्छ ।’

नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र भौतिक विकास निर्माणका लागि भारतले सहयोग गर्दै आएको उनले बताए । ‘हामी एक असल छिमेकी मात्रै होइन, हाम्रो साँस्कृतिक सम्बन्ध पनि छ’ राजदूत श्रीवास्वतले भने ‘त्यसैले हामीले सडक, पुल, विद्यालय, अस्पताल निर्माणमा सहयोग पुर्याउँदै आएका छौं, यस्तो सहयोगले नेपालको सडक यातायात र व्यापार व्यवसायमा मद्दत पुगिरहेको छ ।’

भारतले सन् २००२ देखि स्वास्थ्य, शिक्षाका क्षेत्रमा वर्षेनी सहयोगका कार्यक्रमहरु गर्दै आइरहेको उनले बताए । भारतीय दुतावासको सहयोगमा सन् २०१० मा शुरु भएर सन् २०१४ मा ३ करोड ५२ लाख रुपैयाँमा क्याम्पस र पुस्तकालय भवन निर्माण भएको थियो ।

२०७२ मा भएको टीकापुर घटनाका कारण उक्त भवन हालसम्म उद्घाटन हुन सकेको थिएन ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update