Hamro Patra
टीकापुर उद्योग वाणिज्य संघको चुनाव सम्पन्न, ९१६ मत खस्यो
Khadga Memorial And Janajagriti

टीकापुर, असोज ४
टीकापुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि शनिवार निर्वाचन सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत धनबहादुर शाहीले कुल १००२ मतदाता मध्ये ९१६ मत खसेको जानकारी दिए ।

संघको आगामी तीन वर्षे कार्यकालका लागि भएको निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन । रामबहादुर भण्डारी नेतृत्वको प्यानललाई नेपाली काँग्रेस र धु्रवराज खत्री नेतृत्वको प्यानललाई नेकपाले अघि सारेको हो । दुवै प्यानलका बिच चुनावी प्रतिस्पर्धा निकै कडा हुने आँकलन गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ४, २०७६  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update