Hamro Patra
अनिता बनिन् जिम्मेवार अभिभावक

टीकापुर, भदौ २९


कैलालीको कैलारी गाँउपालिका वडा नं. ८ की अनिता चौधरी ४१ वर्षकी भइन । उनको चार जनाको परिवार छ । उनको परिवारले तरकारी खेती, बँगुर पालन, बाख्रा पालन गरी आफ्नोे छोरा छोरीलाई पढाउने र घर खर्च चलाउने गरेका छन् ।

Khadga Memorial And Janajagriti


अनिताका कान्छो छोराको नाम मन्जित चौधरी हो । मन्जित पहिले धेरै नै बिग्रेको, स्कुल नजाने, शनिबारको समयमा बाख्रा चराउन जाने तर धेरै साँझ घर आउने गरेको देखेर अनिता लाई धेरै चिन्ता थियो । बाल कल्याण संघ र वल्र्डभिजनको साझेदारीमा गाउँमा २०७९ पुस २ गते देखि सकारात्मक अभिभावकत्व सम्बन्धी साप्ताहिक अभिभावक कक्षा संचालन भयो । अनिता कक्षामा नियमित तालिममा सहभागी भइन । उनी यस तालिमबाट धेरै नै प्रभावित भएकी छिन ।


अनिता पहिले धेरै नै रिसाउने, छोराछोरीसंग झर्केर बोल्ने, छोराछोरीलाई गाली गर्ने गर्थिन । सकारात्मक अभिभावकत्व सम्बन्धी साप्ताहिक अभिभावक कक्षा, ८ वटै तालिम लिई सकेपछी अनिता भन्छिन–‘ यस भन्दा पहिले मैले धेरै नै तालिम लिएकी थिए तर यस्तो तालिम पहिलो पटक लिन पाए । यसबाट धेरै कुराहरु सिक्ने अवसर पाएको छु । तालिम दिने संस्था बाल कल्याण र प्रेम सरलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु । यस तालिमबाट अभिभावकत्वको शैली, बाल संरक्षणको आवश्यकता, बालअधिकार सम्बन्धी जानकारी, परिवारको परिभाषा, परिवारको महत्व, असल परिवार र अभिभावकको पहिचान, असल परिवार र खराब परिवारको लक्षण, असल परिवारको दुरगामी सोच, बालबालिकाहरुलाई हुर्काउने तरिका, छोराछोरी प्रति गरिने व्यवहार, बालबालिकाहरुको पहिचान, बालबालिकाका समस्याको पहिचान कसरी गर्ने र समाधान कसरी गर्ने बारे जानकारी पाए ।
उनले यस तालिमबाट सकारात्मक अभिभावकत्व बारे जानकारी पाएको बताईन । उनले आफु परिवर्तन भइ आफ्नो स्वभाब र छोराछोरी प्रति गरिने व्यवहार परिवर्तन भएको सुनाईन ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update