Hamro Patra
सिपले  जीवनमा आएको परिवर्तन

टीकापुर, भदौ २९


भुमिका चौधरीको घर कैलाली जिल्लाको कैलारी गाँउपालिका वडा नं. ८ दुधिया टोलमा रहेको छ । उनी अहिले १४ वर्षकी भईन । उनी स्थानीय श्री राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययन गर्छिन । उनको पारिवारिक अवस्था सामान्य छ । उनको परिवारमा आमा, बुबा, भाई गरी चार सदस्य छन् ।

Khadga Memorial And Janajagriti

भुमिका वल्र्डभिजन स्पोनसारसिपमा दर्ता भएकी छिन् । उनी सानै देखि नरम स्वाभावकी छन् । उनी कार्यक्रममा सकृय सहभागी भएपनि साथीहरुसंग खुुलेर भन्न नसक्ने, लाज, मान्ने, बोल्न डर मान्ने गर्थिन । उनी गाउँमा साथीहरुसंग मिलेर दर्ता नभएको बाल क्लब खोलेर गाँउमा सानो सानो काम गर्थिन । उनको नेतृत्वमा टोल सरसफाई, जनचेतनामुलक सडक नाटक, देउसीभैलो खेल्ने, चाडपर्वमा सांस्कृतिक कार्यक्रम हुन्थे ।

अहिले उनले रुपान्तारण कक्षामा सहभागी भएर २५ जना बालबालिकाहरुसंगै जीवन उपयोगी सिप सिकेकी छन । उनले आफ्नो विगत यसरी सुनाईन । ‘पहिले म बाल क्लबमा हुदा कसैसंग बोल्दा लाज मान्थे, बोल्न सक्दैन थिएँ साथीहरुले मलाई गिज्याउथे अलि अलि बोल्न खोज्थे कोसिस गर्थे तर मैले कहिल्यै आफुलाई कमजोर ठानिन । निरन्तर मेरो जिन्दागीका पाईला अगाडि चलिरहे । मेहनत गर्दै गए । प्रयास जारी थियो । एक दिन कैलारी गाउँपालिका वडा नं. ८ का वडा सदस्यले मलाई खबर दिए । यो संस्थाको कार्यक्रम आउनु भनेका थिए ।

गत वर्ष बाल कल्याण संघ र वल्र्डभिजनको साझेदारीमा संचालित बाल संरक्षण पैरवी परियोजना अन्तरर्गत रुपान्तरण कक्षामा सहभागि छनौट भईरहेको थियो । म पनि सहभागि हुँदा खुशि भएको थिएँ । यस वल्र्डभिजन नेपाल र बाल कल्याण संघ टिकापुुरले मलाई रुपान्तरण कक्षामा सहभागी गरायो । म हप्ताको शनिवारको कक्षामा उपास्थित हुन थाले । उक्त कक्षाबाट मेरो संसार, आत्मारक्ष, आत्मजागरण, प्रभावकारी संन्चार, आफुलाई सुरक्षीत असुरक्षीत स्थान, अधिकार र कर्तव्य, किशोरावस्थाको परिवर्तन, तनाव व्यवस्थापन, खर्च वचत, तथा अन्य आप्नो जीवनमा व्यवहारिक शिक्षाको बारेमा जानकारी हासिल गर्न मौका पाए ।

म बाल कल्याण संघलाई धेरै धेरै धन्यवाद दिन चाहन्छुु । विशेष धन्यवाद यस कैलारी गाँउपालिका वडा न. ८ का जनप्रतिनिधिहरुलाई दिन चाहन्छु । बाल कल्याण संघका सामाजिक परिचालक प्रेम चौधरी सरलाई पनि धन्यावद दिन चाहन्छुु । मेरो जिवनमा परिवर्तन अएको देखेर मेरो बुुवा निकै खुुशी हुुनुभएको छ । मैले रुपान्तरण कक्षाबाट धेरै जीवन उपयोगी शिक्षा पएको छुु । मैले सिकेका सिपहरुलाई किशोरकिशोरीलाई सिकाउछुु र समुुदायमा रहेका बाल क्लबमा पनि सिकाउँछुु । समुुदायमा किशोरकिशोरी माथि भैरहेका घटनाहरु विरुद्ध सधै अवाज उठाउँछु ।


भुमिकाको बुबा भन्छन –‘मेरो छोरी पहिले भन्दा अहिले धेरै फरक पाएको छु ।’

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update