Hamro Patra
बाल स्पोन्सरसिप तथा बाल संरक्षण पैरवी परियोजनाद्वारा विभिन्न कार्यक्रम सम्पन्न
Khadga Memorial And Janajagriti

टीकापुर, भदौ २९


वल्र्डभिजन इन्टरनेशनल नेपाल र बाल कल्याण संघ टीकापुरको साझेदारीमा सञ्चालित बाल स्पोन्सरसिप तथा बाल संरक्षण पैरवी परियोजना अति जोखिममा रहेका बालबालिकाहरुको जीवनमा परिवर्तन ल्याउन सफल भएको छ ।
यस परियोजनाले अति जोखिममा रहेका बालबालिकाको समग्र पक्षको विकासका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्ने गरेको छ ।
यसका साथै परियोजनाको मुख्य उद्देश्य समुदाय स्तरमा रहेका संरक्षणका सवालहरु न्युनीकरण, स्थानीय तहलाई बाल संरक्षण सम्बन्धी नीति निर्माण तथा कार्यान्वयनमा सहयोग गर्ने, नेपाल सरकारद्धारा अवलम्बन गरिएको बालमैत्री स्थानिय शासन प्रर्वद्धनमा टेवा पुर्याउनका साथै रुपान्तरण जीवनोपयोगी सिप कक्षा संचालन र किशोरीलाई आत्म रक्षा तालिमका माध्यमवाट सशक्तीकरण तथा उत्थानसिल गर्नु रहेको छ ।
परियोजना अन्र्तगत कैलाली जिल्लाका विभिन्न स्थानीय पालिकामा क्रियाकलापहरु सञ्चालन भएका छन । गौरीगंगा नगरपालिकाको वडा नं. १० र ११ तथा कैलारी गाँउपालिका वडा नं. ८ मा यो वर्ष २०२३ मा विभिन्न क्रियाकलाप सम्पन्न भएका छन ।
कैलारी गाँउपालिकामा छ महिने रुपान्तरण कक्षा सञ्चालन पश्चात वडा कार्यालयलाई हस्तारण गरिएको छ । त्यसैगरी ती ठाउँमा बाल कल्याण संघ टीकापुुरले यस वर्ष २०२३ मा वडामा गरिने क्रियाकलापहरुको बारेमा परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
यस कार्यक्रममा ती पालिकाका प्रमुख, उपप्रमुुख, शाखाका प्रतिनिधिहरु, विभिन्न सरोकारवाला, बाल क्लबका प्रतिनिधिहरु, रुपान्तरण सहजकर्ता प्रतिनिधिहरु, बालअधिकार समितिका प्रतिनिधिहरु, प्रहरी लगायतको सहभागिता रहेको थियो ।
कैलारी गाँउपालिका वडा नं. ८ मा सकारात्मक अभिभावकत्व सम्बन्धि २ महिने कार्यक्रम समेत सम्पन्न भएको छ । त्यसैगरी गौरीगंगा नगरपालिका वडा नं. १०, ११ र कैलारी गाँउपालिका वडा नंं. ८ पृथ्वीपुुरमा बाल अधिकार समितिहरुलाई बाल संरक्षण घटना व्यवस्थापन प्रक्रिया र वडा स्तरमा रहेका अति जोखिममा रहेका बालबालिकाहरुको दर्ता प्रक्रिया बारे अभिमुुखिकारण सम्पन्न भएको छ ।
त्यस्तै कैलारी गाँउपालिका वडा न.८ मा रुपान्तरण कक्षा सहजकर्ता र बाल क्लब गठन वा पूूर्नगठन सम्पन्न भएको छ । रुपान्तरण बाल क्लब गठन गरि विभिन्न समुदायमा भएको हानिकारक परम्परागत अभ्यासलाई न्यूनिकारण गर्न समुदाय स्तरमा कार्यक्रम गर्दै आएका छन् ।
रुपान्तरण बाल क्लब गठन गरि कैलारी गाउँपालिका वडा नं. ८ को आर्थिक सहयोगमा बाल विवाह, लागुपदार्थ दुव्र्यसन जस्ता हानिकारक अभ्यासलाई न्यूनिकण गर्ने उदेश्यले जनचेतनामुलक सडक नाटक समेत प्रदर्शन गरिएको बाल कल्याण संघ टीकापुरका कार्यक्रम व्यवस्थापक सुगम रेग्मीले जानकारी दिएका छन ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update