Hamro Patra
रुपान्तरण कक्षाले अनुरागमा आयो सकारात्मक परिवर्तन
Khadga Memorial And Janajagriti

भदौ २९ टीकापुर

कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा न.८ पूर्व टेढी टोलमा अनुराग चौधरीको घर पर्छ । उनी अहिले १६ वर्षका भए । अनुराग राष्ट्रिय मध्यामिक विद्यालय विजयपुर उजेलिशेमरा मा कक्षा ११ मा अध्ययन गर्छन् । सामान्य परिवारका उनको घरमा बुवा र आफू गरि दुई जना को परिवार छ । अनुराग ६ वर्षको हुदा उनको आमाको मृत्यृ भएको थियो । बुवा खेतवारी र अन्य व्यवसाय गरि घर परिवार चलाउने गर्दछन । अनुरागको बुवाको दिमागी हालत राम्रो छैन । जसो तसो काम गरि आफ्नो घरपरिवार चलाउने गर्दछन् । अनुरागको लक्ष्य सरकारी कार्यालयमा काम गर्ने रहेको छ । घरको आर्थिक अवस्था कमाजोर भएका कारण राम्रो संग पढाइमा ध्यानदिन सकिरहेका छैनन् ।


सामान्य घर परिवारमा हुर्केका अनुराग नरम स्वभावका छन् । अनुराग पढ्ईमा राम्रो मेहेनत गरिरहेका छन् । अनुराग साथीहरुले बोलाउदा नजाने एक्लै टोलाएर बसिरहने गर्दथे । अनुराग साथीसंग मिलि हाले पनि साथीहरुसंग खुलेर भन्न नसक्ने, डर मान्ने,आफ्नो शारिरको हेरबिचार नगर्ने, विद्यालयमा पनि कम बोल्ने, कुनै कार्यमा पनि सहभागी नहुने र आफ्ना इच्छा चाहना साथीहरुसंग भन्न नसक्ने गर्दथे । जब बाल कल्याण संघ र वल्र्डभिजन इन्टरनेशनल नेपालको संयृक्त साझेदरीमा संचालित बाल संरक्षण परैवी परियोजना किशोरकिशोरीका लागी रुपान्तरण कक्षा २०७८ साल पुस १७ गते देखि जिवन उपयोगी सिप र आत्मारक्षा साप्ताहिक कक्षा संचालन सुरु भएपछि उनी पनि उक्त कक्षामा सहभागी हुन थाले ।
निरन्तर हाप्ताको शनिबारको कक्षा बाट उनी मेरो संसार , आत्मारक्ष ,आत्मजागरण, प्रभावकारी संन्चार, आफुलाई सुरक्षीत असुरक्षीत स्थान, अधिकार र कर्तव्य , किशोरावस्थाको परिवर्तन , तनाव व्यवस्थापन, खर्च वचत, तथा अन्य आफ्नो जीवनमा व्यवहारिक शिक्षाको बारेमा जानकारी हासिल गर्ने मौका रुपान्तरण कक्षा बाट पाए । २५ जना समुहमा रहेको रुपान्तरण कक्षामा अनुराग घुलमिल भइ उनले विभिन्न अभ्यास क्रियाकलाप र खेलको माध्यम बाट धेरै सिक्ने अवसर पाए । अनुराग नियमित रुपान्तरण कक्षामा सहभागी भएपछि बोल्न सक्ने र साथीहरुसंग घुलमिल भएका छन् , रुपान्तरणको बारेमा भन्न सक्ने , आफूले सिकेका कुरा परिवारमा भन्ने , नराम्रो सार्थीहरुको संगत नगर्ने, गाँजा भाँग, चुरोट खराव हुन यो सेवन गर्नु हुदैन, मनमा लागेका कुरा कक्षामा साथी शिक्षक संग सोध्ने गरेका छन् ।
रुपान्तरण कक्षाको सिकाइले उनी नजानेका कुरा साथीसंग सोध्ने तथा आफै अभ्यास गर्न इच्छा देखाउँछन् । अनुरागमा अहिले कक्षा अगाडि गएर बोल्न सक्ने, प्रश्नहरु गर्न, छलफल गर्ने बानी व्यवहारमा परिवर्तन आएको रुपान्तरणका साथीशिक्षक नृप चौधरी बताउछन् ।


अनुरागका बुवा भन्छन अनुराग पहिले साथीहरु संग नमिल्ने , एक्लै बस्ने, पढ्न मन नलाग्ने , घरमा धेरै रिसाउने गर्थे। जब रुपान्तरण कक्षामा जानथाले उनको बोलीमा परिवर्तन , व्यवहारमा परिवर्तन सिकेका कुरा घरमा भन्ने बाल अधिकारका कुरा गर्ने पढाइमा ध्यान दिने ,धेरै खर्च नगर्ने , घरको काम काजमा घरपरिवारमा सघाउने, रिसाउने बानी कम भएको छ, यस्तौ परिवर्तन भए देखेको र खुशि लागेको अनुरागका बुवा बताउछन् । मैले सोचेको पनि थिएन मेरो छोरा मा यति धेरै परिवर्तन आउनेछ भन्दै बाल कल्याण संघ र वल्र्डभिजन लाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update