विद्यालयका प्रअ अख्तियारको नियन्त्रणमा
राजापुर, भदौ २७
बर्दियाको पश्चिमी राजापुर नगरपालिका वडा नम्बर ७ भिम्मापुर स्थित श्रीसरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापकलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
घुस मागेको सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले लक्ष्मीदेवी उपाध्यायलाई नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीसँग हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनको लागि १४ हजार ५०० रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उपाध्यायलाई मंगलबार राजापुर नगरपालिका वडा नम्बर ४ स्थित सरस्वती भवन नजिकबाट नियन्त्रणमा लिई अनुसन्धान अघी बढाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८० १४:०९
प्रतिक्रिया दिनुहोस्