Hamro Patra
संघको २४औं साधारण सभा सम्पन्न

टीकापुर, भदौ २५

टीकापुर उद्योग वाणिज्य संघको २४औं वार्षिक साधारणसभा तेश्रो पटकमा आज सम्पन्न भएको छ । 

Khadga Memorial And Janajagriti

भदौ २२ गते उद्घाटन भएको साधारणसभामा गणपुरक संख्या नपुग भएपछि दुई पटक स्थगित भएको थियो । संघको विधान अनुसार तेस्रोपटकमा उपस्थिति संख्या नै गणपुरक संख्या हुने व्यवस्था अनुरुप साधारणसभा आज सम्पन्न भएको हो ।

साधारणसभाले अध्यक्ष चक्रपाणी सापकोटा, महासचिव नवराज रिमाल र कोषाध्यक्ष लोकेश साउँदले प्रस्तुत गरेका प्रतिवेदनहरु संशोधनसहित पारित गरेको छ ।

संघका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षतामा बसेको बन्दसत्रका सहभागीले संघले व्यवसायिक हकहितका सवालमा सशक्त पहल गर्न, नगरपालिकाका सटर सम्बन्धी विवादबारे निणर्य लिन, बजार क्षेत्रको सडकले व्यापारीमा पारेको असरबारे आवाज उठाउन कार्यसमितिलाई सुझाएका छन् ।

सहभागी पार्षद्हरुले समयानुकुल संघको विधान संशोधन गर्नुपर्ने माग समेत गरेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update