Hamro Patra
टीकापुरमा बाघको आक्रमण

टीकापुर, भदौ २५

कैलालीको टीकापुर नगरपालिका वडा नं. २ स्थित एक सामुदायिक वनमा गइरहेकी एक महिलाको बाघको आक्रमणबाट घाइते भएकी छन् । बाघको आक्रमणबाट वडा नम्बर २ विजयनगर खडक टोलकी ३५ वर्षीय फूलकुमारी चौधरी घाइते भएकी हुन् ।

CMA Staff

सोमबार बिहान जानकी गाउँपालिका वडा नं. ६ स्थित कैलाशेश्वर सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा उनी बाघको आक्रमणमा परेकी थिइन् । आक्रमणबाट उनको पेट र पिठ्यूमा चोट लागेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार घाक्ष्ते चौधरीको टीकापुर अस्पतालमा सामान्य उपचार थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।

वडा नम्बर २ को अधिकांश स्थानमा जंगल क्षेत्र पर्ने भएकाले घाँस दाउँरा काट्न जाँदा सजग भएर जान वडाध्यक्ष दीपक चौधरीले आग्रह गरेका छन् ।
यसअघि समेत सो क्षेत्रमा बाघको आक्रमणबाट केही व्यक्ति घाइते भएका थिए ।

राष्ट्रिय गौरबको रानी, जमरा, कुलरिया कुलाको रानी कुलाको मुख्य इन्टेक क्षेत्रमा विगत चार महिना यता डमरुसहितको बाघहरु देखा पर्दै आएका छन् । कैलाशेश्वर सामुदायिक वनका कोषाध्यक्ष रवीन्द्र शाहका अनुसार कर्णाली नदी किनारको सो क्षेत्र बाघको आश्रय स्थलका रुपमा रहँदै आएको छ ।

‘हरेक वर्षायाममा सो क्षेत्रमा बाघहरु देखा पर्दै आएका छन्’ कोषाध्यक्ष शाहले भने ‘पछिल्लो चार महिनामा डमरुसहितका ३÷४ बाघहरु देखा परिरहकाले सबैले सचेत रहनु पर्दछ ।’

कर्णाली नदी पारी रहेको बर्दिया राष्ट्रिय निकुञ्जबाट समेत बाघहरु डमरु हुर्काउन सो क्षेत्रमा आउने गरेको स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update