Hamro Patra
डल्फिन महोत्सव सुरु, पत्रकार योगेश रावल लगायत सम्मानित

टीकापुर, भदौ २८
टीकापुर नगरपालिका–७ बैदीमा आजदेखी डल्फिन महोत्सव सुरु भएको छ । महोत्सवको एक समारोहकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका छन ।

महोत्सव उद्घाटन गर्दै मन्त्री भट्टराईले टीकापुरलाई डल्फिनको गन्तव्यका रुपमा विकास गरिने बताए । उनले डल्फिन संरक्षणलाई स्थानीयको जीविकोपार्जनसँग जोड्न जरुरी रहेको बताए ।

Khadga Memorial And Janajagriti

उनले बन्द अवस्थामा रहेको टीकापुरस्थित हवाईमैदान सञ्चालनका लागि प्राविधिक टोली खटाउने बताएका छन ।

उनले वर्तमान सरकार नयाँ सम्भावनाका साथ अघि बढिरहेको बताउँदै जनताको सुशासन र भ्रष्टाचार विरुद्धको अपेक्षा पूरा गर्न गम्भीर रहेको बताए ।

उनले सबै मिलेर देशको पछौटेपन, अशिक्षा र गरिवी मेटाउनुपर्ने बताए । उनले देश विकासका सवालमा कोही कसैको दुश्मन नहुने धारणा व्यक्त गरे । ‘काँग्रेस हाम्रो दुश्मन हैन, हामी काँग्रेसको दुश्मन हैन’ उनले भने –‘हिमाल, पहाड र तराईबासी समेत कोही कसैको दुश्मन हैन ।’

कैलाली होटल व्यवशायी संघले आयोजना गरेको तीन दिनसम्म चल्ने महोत्सवको उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका वन वातारण तथा पर्यटन मन्त्री माया भट्ट लगायतले सम्बोधन गरेका थिए । महोत्सवमा स्थानीय कला संस्कृति समेत प्रर्दशन गरिएको छ ।

सोही अवसरमा डल्फिनको संरक्षण र प्रवद्र्धनमा कमल चलाएको भन्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावललाई सम्मान गरिएको छ । प्रमुख अतिथि मन्त्री भट्टराईले नागरिक दैनिकका संवाददाता रहेका रावललाई प्रमाण पत्र प्रदान गरेका छन ।
सोही अवसरमा डल्फिन संरक्षणकर्मी भोजराज ढुंगाना, स्थानीय धनीराम रेग्मी, नन्द बोहरा र गणेश साउँदलाई समेत सम्मान गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update