लम्कीमा बालकमाथि हँसिया प्रहार
टीकापुर, भदौ २३
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ४ का एक पुरुषले ११ वर्षीय बालकलाई हँसिया प्रहार गरी घाइते बनाएका छन् । स्थानीय ४५ वर्षीय प्रेमबहादुर विष्टले भीमबहादुर थापाका ११ वर्षीय छोरा धिरेन्द्रलाई हँसिया प्रहार गरी घाइते बनाएका हुन् ।
इलाका प्रहरी कार्यालय लम्कीले दिएको जानकारी अनुसार घाइते धिरेन्द्रको लम्कीस्थित अस्पतालमा उपचार भइरहेको छ । हँसिया प्रहार गर्ने विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८० १४:०९
प्रतिक्रिया दिनुहोस्