टीकापुर, भदौ २३
कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ स्थित धनसिंहपुर स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक केबलसिंह भुललाई स्वास्थ्य खबर हेल्थ अवार्ड २०८० प्रदान गरिएको छ ।
काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नसर्ने रोगका कारण हुने मृत्यु न्यूनिकरणमा महत्वपूणर् योगदान पुर्याएको भन्दै स्वास्थ्यखबरले सार्कीलाई अवार्ड प्रदान गरेको हो ।
धनसिंहपुर स्वास्थ्य चौकीलाई नमूना स्वास्थ्य चौकी बनाउन सार्कीले नेतृत्व गरिरहेका छन् । गत आर्थिक वर्षमा टीकापुर नगरपालिकामा धनसिंहपुर स्वास्थ्य चौकीलाई उत्कृष्ट स्वास्थ्य संस्था घोषित गरेको थियो ।
देशभरिका स्वास्थ्यकर्मीहरु मध्ये छनौट भएर प्राप्त भएको अवार्डले अझै जिम्मेवार बनाएको बताउँदै स्वास्थ्य निरीक्षक भुलले भने ‘निष्ठापूर्वक कर्तव्य पालना गर्दा पाएको सम्मानले खुशी पनि छु, जिम्मेवारी थपिएको बोध भइरहेको छ, मैले यसलाई अवसर र चुनौति दुबैका रुपमा लिएको छु ।’
सार्कीसहित स्वास्थ्यसँग सम्बन्धित दीगो विकास लक्ष्यका १० वटा विधामा १३ जनालाई प्रधानमन्त्री पुष्पकमल दाहालले अवार्ड प्रदान गरेका हुन् ।
स्वास्थ्य खबरले हरेक वर्ष दश विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ ।
भुलसहित अवार्ड पाउनेहरुमा हुम्लाकी नर्स सुस्मिता बोहरा, बर्दिया अस्पतालका डाक्टर विश्वनाथ शाह, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दीपायलका हेमराज जोशी, आनन्दवन अस्पताल ललितपुरका डाक्टर महेश साह, गोकणर्ेश्वर नगरपालिका मेयर दीपक रिसाल, नेपाल प्रहरी अन्तर्गतको आसरा सुधार केन्द्र, स्वर्गद्वारी नगरपालिका, भलुवाई स्वास्थ्य चौकी सिरहाकी अनमी जुही खातुन, जर्मनीका डाक्टर आर्ने ड्र्युज, बेलायतकी डाक्टर सेर्ली हेउड, हेल्थ इन्भाएरोमेन्ट एन्ड क्लाइमेट एक्सन फाउन्डेसनका महेश नकर्मी तथा ताप्लेजुङकी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका शर्मिला लिङ्देन रहेका छन् ।